ad ad

लुम्बिनी


अर्घाखाँची पहिरो अपडेट : तीन बालबालिकाको मृत्यु

अर्घाखाँची पहिरो अपडेट : तीन बालबालिकाको मृत्यु

फाइल तस्बिर


नेपालखबर
असार १९, २०८० मंगलबार १३:१५, अर्घाखाँची

अर्घाखाँचीको पणेनामा आज बिहान साढे ६ बजे खसेको पहिरोमा परी तीन बालबालिकाको मृत्यु भएको छ। 

पहिरोले पुरिएका चार बालबालिकामध्ये एकको सकुशल उद्धार भएको र तीन जनाको मृत्यु भएको पाणिनी गाउँपालिकाका निर्वतमान अध्यक्ष तथा स्थानीय अच्युत गौतमले जानकारी दिए। 

पाणिनि-१ पणेनाको गोहनपानीमा घरमाथिबाट खसेको पहिरोमा च्यापिएर उनीहरुको मृत्यु भएको उनले बताए। मृत्यु हुनेमा  ११ वर्षे अञ्जु रास्कोटी, १० वर्षे धनबहादुर रास्कोटी र १२ वर्षे खुमबहादुर रास्कोटी रहेको उनले जानकारी दिए। 

साथै सकुशल उद्धार गरिएका १४ वर्षे सचिन रास्कोटीलाई उपचारका लागि पाल्पा पठाइएको वडा नं १ का अध्यक्ष कमल पोख्रेलले जानकारी दिए। घरमा ६ जना बस्ने गरेकामा दुईजना  गोठको  काम गरिरहेका अवस्थामा पहिरो खसेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .