ad ad

लुम्बिनी


लुम्बिनी विकास कोषका उपाध्यक्ष र जापानी राजदूतबीच भेटवार्ता

लुम्बिनी विकास कोषका उपाध्यक्ष र जापानी राजदूतबीच भेटवार्ता

नेपालखबर
पुस २, २०८० सोमबार २१:३९, काठमाडौँ

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा र नेपालका लागि जापानी राजदूत किकुता युताकाबीच आज भेटवार्ता भएको छ। 

भेटमा बुद्धजन्मस्थल लुम्बिनीको धार्मिक, ऐतिहासिक र पुरातात्विक विकास एवं लुम्बिनी गुरुयोजनालगायत विषयमा उपाध्यक्ष डा लामा र राजदूत किकुताबीच छलफल भएको हो। 

उपाध्यक्ष लामाले बुद्धजन्मस्थल लुम्बिनी विश्वशान्तिको केन्द्र भएको बताउँदै यसको विकासका लागि जापानसँग कोषले सहकार्य गरेर अगाडि बढ्न चाहेको बताए।

सन् १९७८ मा जापानी वास्तुकलाविद् केन्जो टाङ्गेले तयार पारेको लुम्बिनी गुरुयोजना कार्यान्वयनका सम्बन्धमा पनि राजदूतसँग उपाध्यक्ष लामाले छलफल गरे।

भेटमा राजदूत युताकाले विश्वभरका बौद्धमार्गी र शान्तिका अनुयायीहरुको पवित्रस्थल लुम्बिनी भएकाले यसको विकासमा सहकार्य गर्न जापन सदैव तयार रहेको प्रतिबद्धता जनाए। 

भेटमा दुई देशबीचको मित्रवत् सम्बन्ध, बुद्धजन्मस्थल लुम्बिनीका बारेमा जापानमा प्रचारप्रसार गर्न र लुम्बिनीको विकासका सम्बन्धमा सहकार्यका विषयमा समेत छलफल भएको थियो।

राजदूत किकुतालाई उपाध्यक्ष डा लामासहित कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्यसचिव सानुराजा शाक्यलगायतले स्वागत गरेका थिए।

राजदूतसहितको टोलीले मायादेवी मन्दिर, शान्तिदीपलगायत क्षेत्रको भ्रमण पनि गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .