बाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला परेको छ।
मध्यवर्ती क्षेत्रमा पर्ने राप्ति सोनारी गाउँपालिका-२, स्थित खैरिखोला सुरक्षा पोस्टनजिकै बिहीबार सकेट बम फेला परेको हो।
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार बाँके निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेनाको अर्जुनवाण गणको टोलीले गस्ती गर्ने क्रममा सकेट बम फेला पारेको हो।
खैरीखोलाबाट ३ किलोमिटर दक्षिणतर्फ तथा राप्ती नदीबाट झण्डै ५ सय मिटर उत्तरतर्फ उक्त सकेट बम फेला परेको हो।
अहिले नेपाली सेनाको डिस्पोजल टोलीले बम निष्क्रिय पारिरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए।
45
Shares
प्रतिक्रिया