ad ad

लुम्बिनी


निर्मला कुर्मी मृत्यु प्रकरणका आरोपित लुम्बिनीका मन्त्री बादशाह कुर्मीले दिए राजीनामा

निर्मला कुर्मी मृत्यु प्रकरणका आरोपित लुम्बिनीका मन्त्री बादशाह कुर्मीले दिए राजीनामा

नेपालखबर
भदौ २५, २०८१ मंगलबार १७:४५, काठमाडौँ

लुम्बिनी प्रदेशका मन्त्री बादशाह कुर्मीले राजीनामा दिएका छन्। बाँकेकी निर्मलादेवी कुर्मीलाई अपहरण गरी बेपत्ता पारेको आरोप लागेका उनी गत साउन ९ गते मन्त्री बनेका थिए। 

मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारमा उनले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका थिए।

जानकी गाउँपालिका परस्पुरकी कुर्मीलाई बादशाहकै निर्देशनमा अपहरण र बेपत्ता पारिएको भनी आफन्त र अधिकारकर्मी आन्दोलित छन्।

सरकारी प्रतिवेदनबाट पनि बादशाह दोषी देखिएको दाबी उनीहरूले गरेका छन्।

बादशाह नेपाली कांग्रेसबाट निर्वाचित प्रदेश सांसद हुन्। चौतर्फी विरोध भएपछि उनले मंगलबार पदबाट राजीनामा दिएका हुन्।

यस्तो छ बादशाहलाई लागेको आरोप
२०७५ सालदेखि बेपत्ता निर्मलादेवीको अवस्था अहिलेसम्म पत्ता लाग्न सकेको छैन।

गृह मन्त्रालयको प्रतिवेदनमा एकल महिला निर्मलादेवीको जग्गा हत्याउन उनलाई अपरण गरी बेपत्ता बनाइएको उल्लेख छ।

घटनामा संलग्नहरूको सूचीमा बादशाहको नाम पनि छ। 

प्रतिवेदनमा लेखिएको छ, ‘विधवा तथा एकल महिला निर्मला कुर्मीमाथि बादशाह कुर्मी, कुँवर बब्बन सिंह, धिरेन्द्र सिंह, अम्मरलाल कुर्मी, भारतीय नागरिक मुनिम कुर्मी लगायतका ८ जनाले कुटपिट गरी सम्पत्ति खाने नियतले सम्पूर्ण कागजातहरू नागरिकता, लालपुर्जा, नाता कायमको कागज जबरजस्ती खोसेर लगे।’ 

त्यसपछि निर्मलालाई बेपत्ता पारिएको प्रतिवेदनमा उल्लेख छ। 

उनको न्यायका लागि अधिकारकर्मी रुवी खानले अभियान नै चलाएकी थिइन्। उनको नेतृत्वमा काठमाडौँमा पटकपटक आन्दोलनसमेत भएका थिए। 

यस क्रममा सरकारले दोषीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउने सहमति पनि गरेको थियो। यसैबीच घटनाका एक आरोपित बादशाह कुर्मी पनि हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .