सर्लाहीको रामगरमा गएराति आगलागी हुँदा दुई घर जलेका छन्।
रामनगर गाउँपालिका–१ खैर्बामा शनिबार साँझ आगलागी हुँदा दुईवटा घर पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
आगलागीबाट थप दुईवटा घरमा आंशिक क्षति पुगेको छ।
स्थानीय बाबुनन्द राय यादव र बन्ची राय यादवका घर जलेर नष्ट भएका हुन्।
आगलागीबाट बन्ची यादवकै अर्को एउटा घर र रामदेव राय यादवको घरमा पनि आंशिक क्षति पुगेको छ।
स्थानीय बासिन्दा, प्रहरी र हरिवन नगरपालिकाबाट गएको दमकलको सहयोगमा शनिबार राति करिब ८ बजे आगलागी नियन्त्रणमा आएको थियो।
आगलागीबाट भएको क्षतिको विवरण संकलन गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।
42
Shares
प्रतिक्रिया