मधेस


मधेस प्रदेश : ४५ करोड बढीको गाडी खरिद

मधेस प्रदेश : ४५ करोड बढीको गाडी खरिद

नेपालखबर
चैत ३०, २०७९ बिहिबार २१:५८, काठमाडौँ

मधेस प्रदेश सरकारले एक वर्षमा ४५ करोड बढिको गाडी खरिद गरेको पाइएको छ ।

महालेखा परीक्षकको कार्यालयले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८÷७९ को ६०औँ वार्षिक प्रतिवेदनमा सातवटै प्रदेशमध्ये सबैभन्दा बढि मधेस प्रदेश सरकारले ४५ करोड ३१ लाख रुपैयाँ बराबरको गाडी खरिद गरेको उल्लेख छ ।

त्यस्तै, बागमती प्रदेशले ३० करोड ८ लाख, लुम्बिनी प्रदेशले २५ करोड ७३ लाख, कोशी प्रदेशले २१ करोड ७५ लाख, गण्डकी प्रदेशले ९ करोड २२ लाख, कर्णाली प्रदेशले ६ करोड ८७ लाख र सुदूरपश्चिम प्रदेशले १ करोड ५५ लाखसहित १ अर्ब ४० करोड ५१ लाखको सवारीसाधन खरिद गरेको छ ।

सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्नेसम्बन्धी मापदण्ड, २०७७ को दफा ७ ९१० अनुसार नेपाल सरकार अर्थ मन्त्रालयको पूर्व स्वीकृति लिएर मात्र सवारीसाधन खरिद गर्न सकिने व्यवस्था छ ।

सवारी साधन खरिद गर्दा कतिपय कार्यालयले मापदण्डको पालना नगरेको देखिँदा मापदण्डको पालना गरी सवारी साधन खरिदमा मितव्ययिता कायम गर्नुपर्ने महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

मधेस प्रदेश सरकारले गत आर्थिक वर्षमा सार्वजनिक खर्चमा मितव्ययिता कायम नगरेको महालेखाको ठहर छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .