मधेस


अयोध्यामा प्राण प्रतिष्ठा गरिएको खुसियालीमा गढीमाईमा बालियो साढे १ लाख बत्ती

अयोध्यामा प्राण प्रतिष्ठा गरिएको खुसियालीमा गढीमाईमा बालियो साढे १ लाख बत्ती

नेपालखबर
माघ ९, २०८० मंगलबार ५:२५, बारा

भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा प्राण प्रतिष्ठान भएको खुसियालीमा गढीमाई मन्दिरमा सोमबार साँझ १ लाख ५१ हजार दीप प्रज्वलन गरिएको छ। 

मन्दिरका पुजारी मङ्गल चौधरीका अनुसार सो अवसरमा जिल्लाका अधिकांश ठाँउमा कलश यात्रा, र्‍याली, भजन मण्डली, किर्तन गरिएको थियो।

सोमबारका दिन गढीमाई मन्दिरलाई भव्यरुपमा सजाइएको महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले जानकारी दिए। उनले यहाँका स्थानीय स्वतः आएर मन्दिरमा दीप प्रज्वलन गरेको बताए। 

नेपाल र भारतको सदियौँदेखिको सम्बन्ध आगामी दिनमा अझै प्रगाढ भएर जाने नगरप्रमुख यादवले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .