ad ad

Nepal Khabar TV


भीपीएन प्रयोग र डीएनएस परिवर्तन कति सुरक्षित?


नेपालखबर
मंसिर ४ , काठमाडौँ

सरकारले टिकटकलाई प्रतिबन्ध लगाएसँगै भीपीएन र डीएनएस परिवर्तनको सहयोगमा यो एप प्रयोग गर्ने बढेका छन्। डिजिटल युगमा सरकारले कुनै वेबसाइट प्रतिबन्ध लगाउँदैमा पूर्णरुपमा बन्द गर्न कठिन हुन्छ। प्रतिबन्धलाई बाइपास गरी प्रयोग गर्ने धेरै उपाय छन्। 

सरकारले सामाजिक सद्भाव खलबल्याएको र अराजकता बढाएको भन्दै प्रतिबन्ध लगाए पनि प्रयोगकर्ताले ती उपाय अपनाएर टिकटक प्रयोग गरिरहेका छन्। 

भीपीएनको प्रयोग र डीएनएस परिवर्तन गर्नु सुरक्षित हुन्छ कि हुँदैन भनी बहस पनि सुरु भएको छ। भीपीएन प्रयोग गर्दा मोबाइल बैंकिङको डाटा प्रयोगगरी रकम लुटिएको समेत प्रचार भैरहेको छ। 

सरकारले प्रतिबन्ध लगाएका वेबसाइट प्रयोग गर्न विश्वभर नै भीपीएन प्रयोग हुँदै आएको छ। भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) माइक्रोसफ्ट कम्पनीले नै सबैभन्दा पहिला सार्वजनिक गरेको थियो। १९९६ मा भीपीएनको विकास भएको थियो। 

भीपीएन प्रयोग गर्दा मोबाइल बैंकिङ एप वा वालेटमा सिधै प्रवेश गरी रकम लैजान सहज हुँदैन। बैंक तथा वालेट कम्पनीले नै सुरक्षाका उपाय अपनाएका हुन्छन्। तर निशुल्क भीपीएनलाई पूर्ण रुपमा विश्वासन गर्न नसकिने विज्ञहरुको भनाइ छ।

आईटी कन्सलट्यान्ट सन्तोष तन्डुकर भीपीएन प्रयोगकर्ताले सजगता अपनाउनु पर्ने बताउँछन्। 

‘निशुल्क भीपीएन प्रयोग गर्न दिनेसँग केही न केही लोभ हुन्छ। त्यसैले सुरक्षित भीपीएन प्रयोग गर्नुपर्छ,’ तन्डुकार भन्छन्, ‘जुन पायो त्यो भीपीएन प्रयो गर्दा व्यक्तिगत डाटा असुरक्षित हुन सक्छ।’

भीपीएन निशुल्क पायो भन्दैमा जथाभावी प्रयोग गर्नु हुँदैन। सबै भीपीएन असुरक्षित भने हुँदैनन्। आईटी कम्पनीहरुले नै भीपीएन प्रयोगगरी काम गरिरहेका हुन्छन्। भीपीएन नै प्रयोग गर्नुपर्ने अवस्थामा पैसा तिरेर खरिद गरेको बढी सुरक्षित हुने उनको भनाइ छ।

‘भीपीएन प्रयोग गर्नु गलत नै भन्नु हुँदैन तर सुरक्षित छ कि छैन भन्ने ख्याल गर्नुपर्छ,’ उनले भने। 

भीपीएनसँगै डीएनएस परिवर्तन पनि बढेको देखिन्छ। कुन ट्राफिक कताबाट जाने भन्ने डीएनएसले तय गर्छ। इन्टरनेट सेवा प्रदायकको डीएनएसलाई छलेर अर्को बाटो हुँदै टिककट चलाउने गरिएको छ। यसलाई भीपीएनको विकल्पको रुपमा हेरिएको छ। 

‘सुरक्षाको हिसाबले निशुल्क भीपीएन प्रयोग गर्नुभन्दा डीएनएस प्रयोग गर्नु उपयुक्त हुन्छ,’ तन्डुकार भन्छन्, ‘डीएनएस प्रयोग गर्दा थर्ड पार्टीको सर्भर हुँदै जानु पर्दैन। भीपीएन प्रयोग गर्नुपर्ने अवस्थामा पनि कम प्रयोग गरेकै राम्रो।’ 

भीपीएन प्रयोग गर्दा इन्टरनेट सेवा प्रदायकको ब्यान्डविथ डाटाको खपत सामान्य अवस्थाको तुलनामा कम हुन्छ। इन्टरनेट स्पिड समेत कम हुन्छ। 

मंसिर ४, २०८० सोमबार २०:६

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .