हङकङका जनताले जब कार्यकारी प्रमुखलाई आफ्नै दैलोमा पाए

हङकङका जनताले जब  कार्यकारी प्रमुखलाई आफ्नै दैलोमा पाए

चुनवानस्थित पसलेसँग बातिचत गर्दै कार्यकारी प्रमुख ली। तस्बिर : आरटीएचके


नेपालखबर
भदौ २९, २०८० शुक्रबार १७:२६, हङकङ

हङकङका कार्यकारी प्रमुख जोन ली शुक्रबार जनताको घरदैलोमा पुगेका छन्।

घरदैलोमा पुग्ने क्रममा उनी शुक्रबार चुनवानको भ्रमणमा निस्किएका हुन्। यस क्रममा उनले सहरका केही बासिन्दा, पसले र बच्चाहरू लगायतसँग कुरा गरे।

प्रमुख लीसँगै श्रममन्त्री क्रिस सन र गृह मामिला प्रमुख एलिस माकलगायतको सरकारी अधिकारीहरूको टोली थियो।

भ्रमण टोलीसँगै फुकलोइ इस्टेटको एउटा पसलमा ली पुग्दा त्यहाँका पसले निकै खुसी देखिन्थे। ती पसलेले लीसँग सेल्फी पनि खिच्न भ्याए।

‘उहाँ लोकप्रिय हुनुहुन्छ। उहाँसँग सामान्य व्यक्तिसँग पनि राम्रो सम्बन्ध राख्ने खुबी छ। उहाँलाई भेट्न पाउँदा धेरै खुसी छु। उहाँजस्तो कार्यकारी प्रमुख पाउनुमा भाग्यमानी ठान्छु,’ चान उपनामका ती पसले थप्छन्, ‘यस्तो राम्रो कार्यकारी प्रमुख पाउनु भनेको हामी सबै भाग्यमानी हौँ।’

हङकङको अर्थतन्त्र पीडामा रहेकोले सरकारले सार्वजनिक आवासका भवनमा रहेका पसलहरूको भाडा घटाउन चाहेको कुरा लीले भनेको चान बताउँछन्।

कार्यकारी प्रमुख लीले स्कूले बच्चाहरूसँग पनि कुराकानी गरेका छन्। उनले उनीहरूसँग फोटो पनि खिचाए।

प्राथमिक विद्यालयका एक विद्यार्थी लीलाई भेट्न पाउँदा निकै उत्साहित भएको बताउँछन्। उनले कार्यकारी प्रमुखले आफूलाई अंग्रेजी राम्रो सिक्न भनेको सुनाए।

हङकङको सार्वजनिक प्रसारण सेवा आरटीएचकेका अनुसार भ्रमणपछि कार्यकारी प्रमुख लीले हङकङेली जनता आत्मविश्वासी पाएको र उनीहरू हङकङको अर्थव्यवस्थालाई पुनरुत्थान गर्न एकजुट हुने विश्वास रहेको बताएका छन्।

‘दिन होस् या रात, मलाई विश्वास छ कि हङकङेली जनता योजनाले भरिपूर्ण छन् र सहरको अर्थतन्त्र उकास्न सहमत छन्,’ कार्यकारी प्रमुख लीको कथन छ, ‘हामी नयाँ नयाँ चिजहरू थप्दै जानेछौँ, अनुभव लिनेछौँ र परिवर्तन गर्दै जानेछौँ। यदि केही तत्व साँच्चै लोकप्रिय भेट्टायौँ भने यसलाई बढाउँदै लैजानेछौँ।’

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .