हङकङको एक हाइकिङ मार्गमा बम भेटियो

हङकङको एक हाइकिङ मार्गमा बम भेटियो

घटनास्थलमा सुरक्षाकर्मी। तस्बिर : द स्ट्याण्डर्ड


नेपालखबर
असोज १, २०८० सोमबार १५:१०, हङकङ

हङकङको म्याकलेहोज ट्रेलमा मोर्टार बम भेटिएको छ।

सोमबार बिहान लगभग साढे दश उक्त हाइकिङ मार्गमा एक पैदलयात्रीले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए।म्याकलेहोज ट्रेल सेक्सन ६ मा उक्त शंकास्पद वस्तु भेटिएको हो।

खबर पाएपछि घटनास्थल पुगेको प्रहरीले उक्त स्थान वरपरको ८० मिटर क्षेत्र घेराबन्दी गरेको थियो। प्रहरीले उक्त शंकास्पद वस्तु मोर्टार बम भएको जनाएको छ।

घटनास्थललाई घेरेर राखेको प्रहरीले विस्फोटक पदार्थ डिस्पोजल ब्युरोलाई खबर गरेको थियो।

बम कसले र किन राख्यो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

म्याकलेहोज ट्रेलको प्रस्थान विन्दु। तस्बिर : विकिमिडिया

म्याकलेहोज ट्रेल १०० किलोमिटर लामो पदयात्रा मार्ग हो। यो पूर्वमा साइकुङ जिल्लाको पाकताम चुङबाट सुरु भएर पश्चिममा चुनमुन जिल्लाको चुनमुन टाउनमा गएर टुंगिन्छ।

पैदलयात्रीलाई सहज होस् भनी यो पैदल मार्गको हरेक ५०० मिटरको अन्तरालमा चिन्हहरू लगाइएको छ।

यो ट्रेलको नाम हङकङमा सबैभन्दा लामो समयसम्म सेवा गर्ने गभर्नर बारोन म्याकलेहोजको नामबाट राखिएको हो।

उनले आफ्नो कार्यकालमा कन्ट्री पार्कहरूको स्थापना गरेका थिए। उनी स्वयं उत्साही पदयात्री थिए।

यो हाइकिङ मार्ग प्राकृतिक दृश्यले भरिपूर्ण छ। यहाँ समुन्द्री तट र हिमालका प्राकृतिक दृश्यमा रमाउन सकिन्छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .