चीनको हाङझाउमा हुने १९औं एसियाली खेलकुदको हङकङमा प्रत्यक्ष प्रसारण हुने भएको छ।
मंगलबार कार्यकारी परिषद्को बैठकअघि पत्रकारहरूसँग कुरा गर्दै हङकङका कार्यकारी प्रमुख जोन लीले उक्त कुरा बताएका हुन्।
हङकङका १८ वटै जिल्लामा रहेका मनोरञ्जन तथा सांस्कृतिक सेवा विभागले सहरका ३६ वटा स्थानमा एसियाडको प्रत्यक्ष प्रसारण गर्ने गरी व्यवस्थापन गर्ने भएका हुन्।
आगामी शनिबारदेखि हुने प्रत्यक्ष प्रसारणमा केही सपिङ मलहरूले पनि रातका खेलसहित प्रत्यक्ष प्रसारण गर्ने छन्। यसले सरकारको ‘हङकङ नाइट भाइब्स’ अभियानलाई समेत सघाउ पुर्याउने लीको विश्वास छ।
कार्यकारी प्रमुख ली एसियाडको उद्घाटन समारोहमा भाग लिन शुक्रबार हाङझाउ जाने कार्यक्रम छ।
आगामी शनिबार उद्घाटन हुने एसियाड २३ सेप्टेम्बरदेखि ८ अक्टोबरसम्म चीनको हाङझाउमा हुँदैछ।
हाङझाउ एसियाड आयोजन गर्ने चीनको तेस्रो सहर हुन पुगेको छ। यसअघि सन् १९९० मा बेइजिङ र २०१० मा ग्वाङझाउमा खेलहरू आयोजना भएका थिए।
प्रतिक्रिया