हङकङ : सो चलिरहेको बेला सिनेमा हलमा जब सर्प भेटियो

हङकङ : सो चलिरहेको बेला सिनेमा हलमा जब सर्प भेटियो

तस्बिर : एमसीएल सिनेमाज्/फेसबुक


नेपालखबर
जेठ ३१, २०८१ बिहिबार १६:८, हङकङ

हङकङको न्यु टाउन प्लाजास्थित मुभी टाउनमा सर्प भेटिएपछि सिनेमा हलका कर्मचारी र दर्शकमा त्रासको स्थिति पैदा हुनपुग्यो। यतिसम्मकी सिनमा हल अस्थायी रूपमा बन्द नै गरियो।

एमसीएल सिनेमाजले बिहीबार बिहान सामाजिक सञ्जालमा सन्देश पोस्ट गर्दै मुभी टाउनको तेस्रो तलामा रहेको एमएक्सफोरडी थिएटरमा सर्प फेला परेकोले अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको सूचना जारी गर्‍यो।

स्रोतलाई उद्धृत गर्दै द स्ट्यान्डर्डले जनाएअनुसार तेस्रो तल्लामा सर्प देखिएपछि सिनेमा हलका कर्मचारीले दर्शकहरूलाई तुरुन्तै बाहिर निकाली प्रहरीलाई खबर गरेका थिए।

यता, हिजो (बुधबार) एक युवकले आफ्नो सर्प हराएको भनेर प्रहरीलाई खबर गरेका थिए।

प्रहरीको समन्वयमा ती युवक दिउँसो थिएटरको सम्पर्कमा आएपछि भने अस्थायी रूपमा बन्द गरिएको थिएटर पुनः सञ्चालनमा आएको थियो।

दिउँसो करिब १ बजे सिनेमा हलको सामाजिक सञ्जालमा थिएटर सामान्य सेवामा फर्किएको अर्को पोस्ट गरियो।

सिनेमा हलको पोस्टमा टिकटको पैसा फिर्ता सम्बन्धमा पनि उल्लेख गरिएको छ।

जसमा, घटनाबाट प्रभावित दर्शकले टिकटको पैसा फिर्ता लिन वा ‘सो’ परिवर्तन गर्न चाहेमा १४ दिनभित्र चलचित्र टाउन अफिसमा आई निवेदन दिन भनिएको छ।

निवेदनका साथ बुकिङ नम्बर वा टिकट स्टबमध्ये एक ल्याउन पनि सूचनामा भनिएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .