हङकङमा बढ्ने भयो सार्वजनिक आवासको भाडा, कति पुग्यो?

हङकङमा बढ्ने भयो सार्वजनिक आवासको भाडा, कति पुग्यो?

सार्वजनिक आवासको भाडा १० प्रतिशतले बढ्ने अनुमान गरिएको छ (एससीएमपी)


नेपालखबर
असार २५, २०८१ मंगलबार ११:३९, हङकङ

हङकङमा सार्वजनिक आवासको भाडा १० प्रतिशत वृद्धि हुने भएको छ। सार्वजनिक भाडा आवास प्रदायकले सोमबार जानकारी गराएअनुसार यो वृद्धि ४९ हङकङ डलरदेखि ५७२ हङकङ डलरको बीचमा हुनेछ।

हङकङ भाडामा बस्नेमध्ये लगभग ६० प्रतिशतको मासिक भाडा २५० हङकङ डलरको हाराहारीमा हुने स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

जसअनुसार मासिक २३०० डलर तिर्नेलाई अब २३० हङकङ डलर थप हुनेछ।

यसका साथसाथै, आर्थिक रूपमा विपन्न परिवारलाई सहुलियत नीति पनि अख्तियार गरिएको आवास सचिव विन्नी होलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

जसमा एउटा नीति भाडा सहुलियतको छ। यसका लागि त्यस्ता परिवारले आवेदन दिन सक्नेछन्। उनीहरू सहुलियतको लागि योग्य ठहरिएमा ५० प्रतिशतसम्म छुट हुने प्रस्ताव गरिएको होले बताइन्।

भाडा समायोजनका लागि गरिएको सर्वेक्षणमा सन् २०२१ को तुलनामा २०२३ मा घरपरिवारको आम्दानी बढेको अध्ययनले देखाएको थियो।

सर्वेक्षणको यस्तो नतिजापछि वृद्धिको दर १०.७३ पुग्ने आँकलन गरिएको थियो। तर, सचिव होले १० प्रतिशतमा अब कुनै समीक्षा नगर्ने सरकारको योजना रहेको बताइन्।

यस्तै, सांसद बिल ताङ सहायता योजनाको दायरा विस्तार गर्न सुझाव दिन्छन्। भाडा वृद्धिले कम आय भएका परिवारलाई थप आर्थिक दबाब पर्ने भन्दै उनले सहायता योजनाको दायरा विस्तार गर्न आग्रह गरेका हुन्।

हङकङमा आवास प्राधिकरणले प्रत्येक दुई/दुई वर्षमा सार्वजनिक आवास भाडाको समीक्षा गर्ने गरेको छ।

समायोजित भाडा १ अक्टोबरदेखि तीन महिनाको छुटसहित लागू गर्न प्राधिकरणले सुझाव दिएको छ। यसको मतलब समायोजन गरिएको भाडा अर्को वर्षदेखि सुरु हुनेछ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .