उष्णकटिबन्धीय चक्रवात ‘यागी’ लुजोनको उत्तरी भागतर्फ सरेको र तीव्र भएको हङकङ अब्जर्भेटरीले जनाएको छ।
अब्जर्भेटरीको पूर्वानुमानअनुसार यो चक्रवात भोलि (३ सेप्टेम्बर) सहरको ८ सय किलोमिटरभित्र प्रवेश गर्नेछ र थप तीव्र हुनेछ।
यदि यसो भएमा भोलि दिउँसोदेखि रातको बीचमा स्ट्यान्डबाइ सिग्नल नम्बर १ जारी हुन सक्ने अब्जर्भेटरीले जनाएको छ।
जारी हुने÷नहुने कुरा यागीको तीव्रता, विस्तारको आकार र हङकङबाट यसको दूरीमा निर्भर गर्नेछ।
यसैगरी, आँधी ट्र्याकरका अनुसार, यागी बिहीबार टाइफुनमा परिणत हुनेछ। र, यो सहरको ४ सय किलोमिटरभित्र प्रवेश गर्नुअघि शुक्रबार शक्तिशाली टाइफुन बन्नेछ।
सोमबार र मंगलबार हङकङको मौसम सामान्यतया सफा रहनेछ भने सहरी क्षेत्रको तापक्रम अधिकतम ३३ देखि ३४ डिग्री सेल्सियससम्म पुग्नेछ।
600
Shares
प्रतिक्रिया