जस्मिन बनिन् हङकङकी कान्छी पारालम्पिक पदक विजेता

जस्मिन बनिन् हङकङकी कान्छी पारालम्पिक पदक विजेता

नेपालखबर
भदौ १७, २०८१ सोमबार १६:५७, हङकङ

पेरिस पालाओलम्पिकमा हङकङलाई दोस्रो पदक दिलाउँदै पौडी खेलाडी जस्मिन एनजीले महिला १०० मिटर ब्रेस्टस्ट्रोकमा कास्य जितेकी छन्।

आइतबार दिउँसो भएको खेलमा १४ वर्षीया जस्मिनले तेस्रो स्थान सुरक्षित गरेकी हुन्। जितसँगै उनी हङकङकी सबैभन्दा कान्छी पारालम्पिक पदक विजेता बनेकी छन्।

जस्मिनले स्वर्ण पदक विजेता बेलायतकी माइसी समर्स-न्युटनलेभन्दा तीन सेकेन्डपछि पर्खाल छोएकी थिइन्।

जस्मिनको यो उपलब्धिको तारिफ गर्दै हङकङका प्रमुख कार्यकारी जोन लीले आइतबार राति विज्ञप्तिमार्फत बधाई दिएका छन्। (एचकेएफपी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .