हङकङ भन्सारले २५ हजार नक्कली सामान जफत गरेको जनाएको छ।
मुख्यभूमि र मकाउका अधिकारीहरूसँगको दुई हप्ता लामो संयुक्त सर्च अभियानमा २८ वटा घटना पत्ता लागेका हुन्।
भन्सारले सोमबार जानकारी गराएअनुसार अधिकारीहरूले १९ देखि ३० अगस्टसम्म गुप्तचरमार्फत निरीक्षण गरेका थिए। उत्तर अमेरिका, युरोपका साथै बेल्ट एन्ड एनिसिएटिभका देश तथा क्षेत्रको गन्तव्यमा रहेका तीन ठाउँमा सामानहरूको चेकजाँच गरिएको थियो।
बरामद सामानमा मोबाइल फोन तथा एसोसरिज, घडी, व्यक्तिगत हेरचाहका उत्पादन, जुत्ता लगायत छन्। जसको मूल्य अनुमानित लगभग ५८ लाख हङकङ डलर रहेको जनाइएको छ। (द स्ट्यान्डर्ड)
81
Shares
प्रतिक्रिया