हङकङमा क्याथे-जहाज इन्जिन गडबड : जुरिच उडानमा देखिएको थियो समस्या

समुद्रमा इन्धन फ्याँक्यो, ७५ मिनेटमै हङकङ फर्कियो
हङकङमा क्याथे-जहाज इन्जिन गडबड : जुरिच उडानमा देखिएको थियो समस्या

नेपालखबर
भदौ २०, २०८१ बिहिबार १३:५६, हङकङ

सोमबार हङकङबाट जुरिचका लागि उडेको क्याथे प्यासिफिकको विमानमा इन्जिन कम्पोनन्ट फेल भएको पत्ता लागेपछि कम्पनीले आफ्ना सबै जहाज ग्राउन्डेड गरी निरीक्षण थाल्यो।

यसको कारणबाट अहिलेसम्म ७० वटा उडान नै रद्द हुन पुगे।

सोमबार हङकङबाट जुरिच (स्विट्जरल्यान्ड) को उडान सीएक्स३८३ मा टेकअफ भएको केही मिनेटमै उक्त समस्या देखिएको थियो।

तत्पश्चात् पाँच वर्ष पुरानो ए३५०-१००० विमानले दुई फन्का मारी समुद्रमा इन्धन फ्याँकेर हङकङ अवतरण गरेको थियो। टेकअफ भएको ७५ मिनेटपछि जहाजले हङकङमा सुरक्षित अवतरण गर्‍यो।

यो घटनापछि आफ्ना ४८ वटै एयरबस ए३५०एसको निरीक्षण गरेको क्याथेले सोमबारदेखि नै सिड्नी, सिंगापुर, बैंकक, टोकियो, सियोल र ताइपे रुटसहित ७० वटा उडान रद्द गरिसकेको छ।

निरीक्षणका क्रममा १५ वटा विमानमा पार्टपुर्जा प्रतिस्थापन गर्नुपर्ने फेला पारेको पनि क्याथेले बताएको छ। एयरलाइन्ससँग ए३५०–९००एसका ३० वटा र ए३५०केएसका १८ विमान छन्।

विमानका ट्रेन्ट एक्सडब्लूबी-९७ इन्जिनहरू ब्रिटिस इन्जिनियरिङ कम्पनीमा बनेका हुन्। घटनासँग परिचित स्रोतले रोयटर्ससँग बताएअनुसार रोल्स रोयसद्वारा निर्मित एक्सडब्लूबी-९७ इन्जिनभित्रको इन्धन नोजलमा समस्या देखिएको हो, जुन मोडल ए३५०के मा प्रयोग गरिएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .