वाइडबडी ग्राउन्डेड हुँदा वायुसेवा निगमको हङकङका ३ वटा उडान रद्द

वाइडबडी ग्राउन्डेड हुँदा वायुसेवा निगमको हङकङका ३ वटा उडान रद्द

नेपालखबर
भदौ २०, २०८१ बिहिबार १५:१६, काठमाडौँ

नेपाल वायुसेवा निगमका २ वटा वाइडबडी जहाज मर्मतको लागि (सी चेक) ग्राउन्डेड हुँदा हङकङका ३ उडान रद्द भएका छन्। वायुसेवा निगमले हप्ताको ३ हिन उडान गर्दै आएकोमा २ वटा उडानको लागि मात्रै बुकिङ लिएको हो।

निगमका अनुसार हङकङमा मंगलबार, बिहीबार र शनिबार उडान गर्ने तालिका छ। निगमले सेम्टेम्बर १९ र २६ को उडान रद्द भएको जनाएको छ।

त्यसबाहेक काठमाडौँ-दिल्ली-काठमाडौँका २ उडान पनि रद्द भएका छन्। बैङ्लोरका सेप्टेम्बर १२, २१ र २८ तारिखका उडान रद्द भएका छन्। त्यसैगरी, मुम्बाईका सेम्टेम्बर १८ र २५ तारिखका उडान रद्द भएको निगमले जानकारी दिएको छ।

‘२ वटा वाइडबडी सी चेकको लागि ग्राउन्डेड छन्,’ निगमका प्रवक्ता रमेश पौडेल भन्छन्, ‘इटालीबाट एउटा वाइडबडी एक हप्ताभित्रै ल्याउने तयारी छ।’

उनले जहाजको उपलब्धता भएसम्म सबै गन्तव्यमा केही कटौती गरेर उडान गरिरहेको दाबी गरे।

‘अहिले २ वटा न्यारोबडीले जति गन्तव्यमा सकिन्छ उक्त ठाउँमा गरिरहेका छौँ,’ पौडेलले थपे,‘गन्तव्य मिलाएरै उडान गरिरहेका छौँ। अर्को हप्ता वाइडबडी सी चेकबाट आएपछि नियमित उडान गर्न सहज हुन्छ।’

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .