हङकङमा जारी टी८ संकेत कम्तीमा शुक्रबार दिउँसोसम्म कायम रहने

हङकङमा जारी टी८ संकेत कम्तीमा शुक्रबार दिउँसोसम्म कायम रहने

टी८ संकेत कम्तीमा शुक्रबार दिउँसोसम्म कायम रहनेछ (फाइल तस्बिर : एससीएमपी)


नेपालखबर
भदौ २०, २०८१ बिहिबार १८:१९, हङकङ

हङकङ अब्जर्भेटरीले बिहीबार साँझ ६:२० मा टाइफुन संकेत नम्बर ८ जारी गरेको छ।

टाइफुन यागी हङकङबाट ३४० किलोमिटर दक्षिणमा रहेको अनुमानसहित टी८ संकेत जारी गरिएको थियो। पौने ८ बजे अद्यावधिक बुलेटिनमा भने ३३० किलोमिटरको दूरीमा आइपुगेको बताइएको छ। यो संकेत कम्तीमा शुक्रबार दिउँसोसम्म कायम रहने अब्जर्भेटरीले जनाएको छ।

यागी दक्षिण चीन सागरको उत्तरी भागमा करिब १५ किलोमिटर प्रतिघण्टाको दरले उत्तरपश्चिम सर्ने आँकलन गरिएको छ।

‘हालको पूर्वानुमानअनुसार सुपर टाइफुन यागी भोलि बिहान हङकङको सबैभन्दा नजिक हुनेछ। यो सहरको दक्षिणपश्चिममा करिब ३ सय किलोमिटरको दूरीमा हुनेछ,’ अद्यावधिक बुलेटिनमा भनिएको छ, ‘यागीसँग सम्बन्धित आँधीले पर्ल नदी मुहानको आसपास क्षेत्रमा बढी असर गर्नेछ। आँधी संकेत चेतावनी नम्बर ८ कम्तीमा भोलि दिउँसोसम्म कायम रहनेछ।’

बितेको एक घण्टामा वाग्लान टापु, चेङचाउ बिच र नोङपिङमा हावाको गति क्रमशः न्युनतम ८१, ७३ र ६७ किलोमिटरदेखि ९१, ९२ र ९९ किलोमिटर प्रतिघण्टा रहेको अब्जर्भेटरीले जनाएको छ। साथै, भोलि भारी वर्षा हुनेछ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .