छापा खबर


यहाँबाट सुरु भएको थियो कांग्रेसभित्र ध्रुवीकरण

यहाँबाट सुरु भएको थियो कांग्रेसभित्र ध्रुवीकरण

नेपालखबर
पुस २०, २०७६ आइतबार २:२८,

०७४ को तीनै तहको निर्वाचनमा पराजित भएपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई नैतिकताका आधारमा पदबाट राजीनामा दिन वा विशेष महाधिवेशन गर्न पार्टीभित्र चर्काे दबाब थियो।

तर त्यसलाई उनले स्वीकारेनन्। न त उनले चुनाव हारेको नैतिक जिम्मेवारी नै लिए।

कांग्रेसभित्रको ध्रुवीकरण प्रारम्भ यहींबाट भएको थियो। र, यहींबाटै सुरु भएको थियो, १४औं महाधिवेशनका लागि आफ्नो रणनीतिक मोर्चा मजबुत बनाउने दुवै पक्षको प्रयास। यो विश्लेषण आज आइतबारको नेपाल साप्ताहिकले छापेको छ।

देउवाले कांग्रेस मुख्यालय सानेपामा ११ पुसको केन्द्रीय समितिबाट महाधिवेशनको कार्यतालिका तोकिदिए। देउवाइतर पक्षले बहिष्कार गरेको केन्द्रीय समितिको बैठकबाट देउवाले ०७७ को ७ देखि १० फागुनसम्म काठमाडौंमा १४औं महाधिवेशन गर्ने निर्णय गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .