झापालाई धान उत्पादनको लागि सुपर जोन घोषणा गरिएको छ।
तर, सुपर जोन कार्यक्रम बिस्तार गरिए पनि यहाँका किसानले उत्पादन गरेको धान बिक्री हुन नसकेको खबर आजको कारोबार दैनिकमा झापाबाट मनिषा चम्लागाईंले लेखेकी छन्।
सुपर जोनमा उत्पादिन धान सम्बन्धित जिल्ला र मुलुकभित्रै खपत गर्ने उद्देश्यले सो कार्यक्रम सञ्चालन भए पनि धान बिक्री नहुँदा किसान चिन्तित बनेका छन्।
गौरीगञ्ज गाउँपालिका ६ का बासुप्रसाद सिंहले आफूले उत्पादन गरेको २ सय मन मन्सुली धान बिक्री नहुँदा गोदाममै थन्किएको गुनासो गरे।
3
Shares
प्रतिक्रिया