हाइब्रिड जातको मकैमा ‘र्याडो फिनो’ र ‘मेडस्ट्रिक’ भाइरसको व्यापक संक्रमण देखिएको छ। सर्लाहीको बागमती नगरपालिकास्थित कर्मैया, ढुंग्रेखोला, जिरायतलगायतका स्थानमा लगाइएको हाइब्रिड जातको मकैमा संक्रमण देखिएको हो।
धानचमरा लाग्न सुरु गरेको मकैमा एक्कासि पात सुक्ने, गुवाँ काट्निे, पात प्वाल–प्वाल परेर खुइलिने गरेपछि किसानले प्राविधिकसँग गुहार मागेका छन्। किसानका अनुसार रोग लागेको मकैको पातमा सेतो दाग, बुट्टा देखिएको छ।
यस क्षेत्रमा किसानले लगाएको अधिकांश मकै संक्रमणको सिकार भएको स्थानीय किसान ठाकुर पौडेलले बताए। ‘धानचमरा लाग्ने ९फूल फुल्ने० वेलामा मकैको बोट नै सुक्दै गएको छ,’ अर्का मकै किसान सुमन मगरले भने, ‘किराले हो कि पूरै मकैको बोट–पात सबै काटेको छ।’
मकैमा लागेको ‘र्याडो फिनो’ र ‘मेडस्ट्रिक’ भाइरसका कारण पात सुक्ने र बिरुवाले खाना बनाउन नसकेपछि बिरुवा मर्ने उष्ण प्रदेशीय बागवानी केन्द्र नवलपुरका बाली संरक्षण अधिकृत राजेन्द्र यादवको भनाइ छ।
‘र्याडो फिनो’ र ‘मेडस्ट्रिक’ भाइरस लागेको बिरुवाको उत्पादन ७५ प्रतिशतदेखि शतप्रतिशतले घट्ने यादवले बताए । यो भाइरस आफैँ नसर्ने, तर भुसुनाजस्तै लाही किरा र लिफ होपर किराले एक स्थानबाट अर्को स्थानसम्म लैजाने उनको भनाइ छ। यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ।
यस भाइरसले अत्यधिक तीव्र रूपमा बोट नै नष्ट गर्ने गरी क्षति गर्ने गरेको यादवले बताए। जिल्लामा बर्सेनि १२ हजार हेक्टर क्षेत्रफलमा ५ दशमलव ३ लाख टन मकै उत्पादन हुने गरेको जिल्ला कृषि ज्ञानकेन्द्रका कृषि प्रसार अधिकृत देवानन्द यादवले बताए।
प्रतिक्रिया