छापा खबर


सि पछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि नेपाल आउने!

सि पछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि नेपाल आउने!

नेपालखबर
असोज ८, २०७६ बुधबार २:३४,

बाहिर त कुनै साइँसुइँ छैन्, तर विह्रोहीहरुलाई भनिएको रहेछ, अब रुसी राष्ट्रपटि भ्लादिमिर पुटिनलाई पनि नेपाल बोलाउने कार्यक्रम छ।

सरकारको तर्फबाट विप्लवकहाँ खबर पुर्याइएको छ, कम्तिमा चिनियाँ राष्टपति सि जिनफिङ आउनुअघि र यहाँ बसुन्जेल कुनै घटना नगराए हुन्थ्यो।

र, त्यही खबर पुर्याउने अधिकारीले सुनाएका हुन्, पुटिन आउने सम्भावना। यो खबर आजको जनआस्था साप्ताहिकले छापेको छ।

विप्लव नेकपाले उपत्यकामा दर्जनौँ ड्रोन तयार पारेको र त्यसबाट विभिन्न महत्वपूर्ण ठाउँमा आक्रमण गर्ने सूचना पाएपछि हो, सरकारका तर्फबाट यस्तो सजगता अपनाउँदै जेलमा बसेका नेतामार्फत खबर पुर्याइएको।

राष्ट्रिय हितसँग जोडिएका कुनै पनि विषयमाथि हस्तक्षेप नगर्ने पार्टीको नीति भएका कारण विदेशी पाहुनाको भ्रमण बिथोल्ने वा नकारातमक सन्देश जाने कुरामा अग्रसर हुने नीति नभएको कुरा हाल नख्खु कारागारमा रहेका मध्यकमाण्ड इन्चार्ज हेमन्त प्रकाश ओली (सुदर्शन) ले सरकारी प्रतिनिधिलाई सुनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .