नेपाली कांग्रेसका दिवंगत नेता प्रदीप गिरिको अहिले पशुपति आर्यघाटमा अन्तिम बिदाइ गरिरहेको छ।
आर्यघाटमा अन्त्येष्टिअघि प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले गिरिको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएका छन्।
त्यसक्रममा गिरिलाई नेपाल प्रहरीको एक टुकडीले अन्तिम सलामी पनि दिएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपाबाट निस्किएको शवयात्रा पशुपति आर्यघाट पुगेसँगै गिरीको अन्त्येष्टी गरिएको हो।
समाजवादी चिन्तक तथा सादगी नेता गिरिको अन्तिम बिदाइका लागि हजारौँ शुभेच्छुक, सर्वसाधारण र कांग्रेस कार्यकर्ता आर्यघाट पुगेका छन्।
सिरहाको बस्तीपुरमा जन्मिएका गिरिएको ७५ वर्षको उमेरमा शनिबार राति मेडिसिटी अस्पतालमा निधन भएको थियो।
्
153
Shares
प्रतिक्रिया