काठमाडौं महानगरपालिकाले एक महिनायता महानगरभित्र नक्सापासविना बनेका भवन, पार्किङ, फुटपाथ र व्यवसायीक भवनमा डोजर चलाउँदै आएको छ। गत ६ भदौमा नयाँ बानेश्वरस्थित बानेश्वर प्जालाको भवनमा डोजर लगाएर सुरु भएको यो अभियान भित्रि सहर तथा चक्रपथमा समेत जारी छ।
संरचनामा डोजर चलाउने सुरुवाती दिनहरुमा मेयर बालेन्द्र शाह आफैं सक्रिय भए।
काठमाडौं मल, अल्फाबिटा कम्प्लेक्स, बानेश्वर प्लाजा, शंखमुल लगायतका क्षेत्रमा आफैं अघि अघि लागेर मेयर शाहले संरचना भत्काएका थिए। त्यसपछि भने उनको निर्देशनमा नगर प्रहरकिो टोलीले संरचना भत्काउँदै आएको छ।
यसबीचमा गोंगबु, न्युरोड, रत्नपार्क, नयाँ बानेश्वर, शंखमुल, तिनकुने, कोटेश्वर, जडिबुटी, थापागाउँ लगायतका क्षेत्रका अनाधिकृत संरचनामा महानगरको डोजर चलेको थियो। सामाजिक सञ्जालमा मेयर शाहको यो कदमलाई धेरैले स्वागत गरेका छन् भने केहीले यसको विरोध पनि गरेका छन्। फुटपाथ व्यवसायीहरुले त महानगरपालिकाको गेटमै पुगेर मेयर शाहविरुद्ध प्रदर्शन गरेका थिए।
अहिले के हुँदैछ?
महानगरको डोजर चलेका ती क्षेत्रहरुमध्ये नयाँ बानेश्वरको बानेश्वर प्लाजामा अन्डरग्राउन्ड पार्किङ सुरु भइसकेको छ। काठमाडौं मल अगाडि भत्किएको सडक पेटी अझै बन्न सकेको छैन्।
आइतबार दिउँसो नेपालखबरको टिम पुग्दा नयाँ बानेश्वरको अल्फाबिटा कम्प्लेक्समा रहेको ‘अल्फा केयर’ को स्पेस भने खालि गराइएको छ। यद्यपि अल्फा अगाडिको फुटपाथमा भने मोटरसाइकलको पार्किङ जस्ताको तस्तै थियो।
उता, थापागाउँमा भत्काइएको संरचनामा आगडि धमाधम वाल लगाइँदै रहेछ। तिनकुने आसपासमा संरचना भत्काइएपछि पार्किङ केहीमात्रामा व्यवस्थित हुन थालेको स्थानीयले बताए।
दसैंको चापले झनै भद्रगोल
नेपालीहरुको महान चाड दसैं आजबाट सुरु भएको छ। देशभरबाट पढाई र रोजगारीको सिलसिलामा काठमाडौं आएकाहरु धमाधम घर फर्कने तयारीमा छन्।
राजधानीको मुख्य व्यापारिक केन्द्र न्युरोड, असन, इन्द्रचोक लगायतका क्षेत्रमा निकै भीड छ। असन–इन्द्रचोक क्षेत्रका फुटपाथ हटाउँदा केही खुला देखिएपनि व्यवस्थित भने हुन सकेको छैन।
टुकुचामा अदालत!
महानगरले पार्किङ मिचेर बनाइएका व्यवसायिक संरचना, नक्सा पास विना संचालनमा आएका व्यवसाय मात्र नभई पुरातात्विक महत्वका सम्पदाहरुसमेत खोतल्ने अभियान सुरु गरेको छ।
गत ३० भदौमा दरबारर्गस्थित जय नेपाल हलको कम्पाउन्ड खोतल्दा भेटिएको टुकुचा खोला उत्खनन् कार्य गत शुक्रबारबाट रोकिएको छ। उच्च अदालत, पाटनले दिएको आदेशपछि तत्काललाई टुकुचा खोतल्ने अभियान बन्द भएको हो। टुकुचा खोतल्ने अभियान सुरु गर्दा महानगरपालिकाले २ फिटसम्म गहिरा खाल्डा खनेको छ।
ती खाल्डाका कारण जुनसुकै बेला दुर्घटना निम्त्याउने जोखिम छ। सडक पेटिमा छेकबार नगर्दा ती खाल्डाहरुमा दुर्घटना बढ्ने जोखिम देखिन्छ।
- उच्च अदालतले भन्यो- टुकुचा खोलामाथिका घर नभत्काउनू (आदेशसहित)
- अदालतको आदेशपछि पनि रोकिएन टुकुचामाथि महानगरको डोजर
हेर्नुहोस् महानगरले डोजर चलाएकाे ठाउँका केही दृश्य:
Shares
प्रतिक्रिया