ज्याभ्लिन थ्रोको महिलातर्फको प्रतिस्पर्धामा नेपाल प्रहरीकी चन्द्रकला लाम्गाडेले राष्ट्रिय कीर्तिमानसहित स्वर्णपदक जितेकी छन्।
बुधबार भएको प्रतिस्पर्धामा उनले स्वर्ण जित्दै यसअघिको ४५.२७ मिटरका लक्ष्मी थारुको कीर्तिमान तोडेकी हुन्।
उनले ४७.६ मिटरको नयाँ कीर्तिमान बनाएकी हुन्।
काखे छोरी च्यापेर नवौँ खेलकुदमा सहभागी हुन पोखरा पुगेकी उनले स्वर्ण जितेपछिको खुसी मैदानमै साटिन्
स्वर्ण जितेपछि उनले मैदानमै छोरीलाई माया देखाउँदै खुसी सेलिब्रेसन गरिन्। यो खेल प्रतियोगितामा उनी जस्तै अन्य छोराछोरीका आमा पनि खेल्न पुगेका छन्।
3
Shares
प्रतिक्रिया