मधेश प्रदेशबाट आएको मिटरब्याजीपीडितहरुको एउटा समूहसँग सरकारले सहमति गरेलगत्तै अर्को समूह पनि आन्दोलनमा उत्रिएको छ।
मिटर ब्याजीपीडितहरुको अर्को समूहले शुक्रबार सिंहदरबारको मूलगेटअगाडि प्रदर्शन गरेका हुन्। सरकारले निषेधित क्षेत्र तोकेको स्थानमा प्रदर्शन भएपछि प्रहरीले हस्तक्षेप गरेको छ।
थापाथली हुँदै अघि बढेका मिटरब्याजीपीडितहरु माइतीघरमण्डलबाट भद्रकालीसम्म नारा लगाउँदै पुगेका थिए। त्यहाँबाट सिंहदरबार अगाडि जान खोज्दा प्रहरीले उनीहरुलाई धरपकड गरेको छ।
सरकारले मिटरब्याजीहरुमाथि कारबाही गर्न तयार नभएको र सहमति पनि कार्यान्वयन नहुने खालको रहेको भन्दै उनीहरु आन्दोलित भएका हुन्।
51
Shares
प्रतिक्रिया