फोटोफिचर


माइतीघरमा नागरिकताविहीनको नारा : अनागरिक बनाउन पाइँदैन (तस्बिरहरू)


सरोज बैजु
जेठ ३०, २०८० मंगलबार १९:१४, काठमाडौँ

नागरिकताविहीन संघर्ष समितिले माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेको छ। नागरिकताविहीनहरूले अनागरिक बनाएको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन्। 

प्रदर्शनका क्रममा मोरङका एक युवाले आत्मदाहको प्रयास समेत गरेका थिए। लगत्तै उनलाई प्रहरीले राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि पुर्‍याएको थियो। 

राष्ट्रपति रामचन्द्र पौडेलले ९ महिनादेखि अलपत्र परेको नागरिकता विधेयक प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणअघि प्रमाणीकरण गरेका थिए।

सर्वोच्च अदालतले अल्पकालीन आदेश दिँदै उक्त विधेयक कार्यान्वयनमा रोक लगाएको छ।

नागरिकताबिहीन संघर्ष समितिले बुधबार सर्वोच्च अदालतको उक्त फैसलाबिरुद्ध माइतीघर मण्डलामा प्रदर्शन गरेको हो।

उनीहरूले अनागरिक बनाउन पाइँदैन, सर्वोच्च न्याय दे लगायतका नारा लेखिएको ब्यानरसहितका प्लेकार्डहरू बोकेका थिए।

तस्बिरहरूः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .