फोटोफिचर


संसद् भवनबाहिर नेविसंघको आन्दोलन (तस्बिरहरु)


सरोज बैजु
जेठ ३१, २०८० बुधबार १७:५८, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघले संघीय संसद् भवनबाहिर बुधबार दिउँसो प्रदर्शन गरेको छ।

नेविसंघका कार्यकर्ताले उच्च शिक्षा ऐन र संघीय शिक्षा ऐनसहित शिक्षासम्बन्धी कानुन तत्काल पारित गर्न माग गर्दै निषेधित क्षेत्रमा प्रदर्शन गरेकाे हो। 

संसद् भवनअगाडि प्रदर्शनमा उत्रिएका नेविसंघका केही कार्यकर्तामाथि प्रहरीले धरपकड गरेर पक्राउ गरेको छ।

नेविसंघले शिक्षा क्षेत्रलाई समस्या पार्ने गरी नीतिहरु पारित नगरेको भन्दै विरोध जनाएको छ।

शिक्षाबारेको कानुन संसद्मा पेश नगरिँदा विद्यार्थी र यससँग सम्बद्ध सबैको अहित भएको पनि नेविसंघले जनाएको छ। कानुन पारित नगरे आन्दोलन चर्काउने चेतावनी पनि नेविसंघले दिएको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .