आज माघ १ गते अर्थात माघे संक्रान्ति पर्व। विभिन्न जातजातिहरुले आ–आफ्नै तरिकाले मनाउने प्रचलन रहेको छ। यो पर्व सबै जातिले मनाए पनि मगर र थारु समुदयाले अझै विशेष गरेर मनाउने चलन छ।
माघी पर्वका अवसरमा काठमाडौँ आसपासमा रहेका मगर र थारु समुदायका मानिसहरुले टुँडिखेलमा भेला भएर नाचगान र हर्षोल्लासका साथ यो पर्व मनाएका छन्। काठमाडौँको भृकुटीमण्डपमा भेला भएर मगर समूदायका मानिसहरु आ–आफ्नै भेषभुषामा नाचगान, झाँकी प्रस्तुत गर्दै टुँडिखेलमा पुगेका थिए। त्यस्तै बसन्तपुरमा भेला भएका थारु समुदायका मानिस्हरु पनि आफ्नो सांस्कृतिक पहिचान झल्किने भेषभूष, नाचगान झाँकीसहित टुँडिखेल पुगेका थिए।
माघीका अवसरमा मगर समुदायले आयोजना गरेको विशेष कार्यक्रमलाई उपराष्ट्रपति नन्दबहादुर पुन, खानेपानीमन्त्री विना मगर लगायतले सम्बोधन गरेका थिए।
हेरौँ केही तस्बिर
Shares
प्रतिक्रिया