ad ad

फोटोफिचर


कीर्तिपुरमा अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन, प्रचण्डले गरे उद्घाटन (तस्बिरहरू)


सरोज बैजु
असोज १०, २०८१ बिहिबार १७:८, काठमाडौँ

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन सुरु भएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्मेलनको उद्घाटन गरेका हुन्।

भोलि (असोज ११) गते बिहान ८ बजे बन्दसत्र सुरु हुने बताइएको छ। भोलि नै विधान तथा प्रतिवेदन पेस हुनेछ। 

यसपछि समूह विभाजन गरी छलफलका लागि बन्दसत्र खुला गरिनेछ। 

सम्मेलनअन्तर्गत ११ गते विधान प्रतिवेदन प्रस्तुत हुने र १२ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने बताइएको छ।

यसअघि तय भएको सम्मेलन नेतृत्वबीच सहमति हुन नसक्दा पटक–पटक सर्दै आएको थियो।

सम्मेलनमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूले कुनैपनि विद्यार्थी नेतालाई जित्नका लागि लबिङ नगरेको बताए। 

तस्बिरहरूः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .