स्थानीयहरूको अवरोधकाबीच काठमाडौं महानगरपालिकाले प्रहरी स्कर्टिङको सहयोग धादिङ, धुनिबेसीको बञ्चरेडाँडामा फोहोर विसर्जन गरेको छ।
नुवाकोटको सिसडोल र बन्चरेडाँडाका स्थानीयले १ साउनदेखि फोहोर फ्याँक्न नदिने बताएसँगै काठमाडौंको फोहोर उठ्न सकेको थिएन।
स्थानीयहरूले अवरोध गरेपछि केहीदिनदेखि फोहोर विसर्जन हुन सकेको थिएन। स्थानीयको अवरोधपछि शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौंबाट एक सयभन्दा बढी प्रहरी परिचालन गरिएको थियो।
फोहोर लैजाने क्रममा धादिङ र नुवाकोटको सीमानामा पर्ने धुनिबेँसी नगरपालिका–१ मा स्थानीयले अवरोधको प्रयास गरेका थिए।
सो अवरोध चिर्दै महानगरपालिकाको फोहोर बोकेका गाडीहरू बञ्चरेडाँडा पुगेका हुन्।
नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनबेंसी नगरपालिकाका स्थानीयले फोहोरका कारण दुर्गन्ध फैलिएको गुनासो गरेका थिए।
उनीहरुले आफूहरूको माग सम्बोधन नभएको भन्दै १ साउनदेखि फोहोरमैला फ्याँक्न बन्द गराउँदै आन्दोलन घोषणा गरेका छन्।
तस्बिरहरूः
Shares
प्रतिक्रिया