ad ad

फोटोफिचर


स्वास्थ्यकर्मी आन्दोलित, उपचारमा पुगेका बिरामी अलपत्र (तस्बिरहरू)


विशाल कार्की
भदौ ३१, २०८० आइतबार १४:३१, काठमाडौँ

मकवानपुरको हेटौंडामा दुईजना डाक्टर कुटिएको विषयमा स्वास्थ्यकर्मीहरुले देशभर आन्दोलन थालेका छन्।

स्वास्थ्यकर्मीले आइतबार देशभर स्वास्थ्य संस्था बन्द गरेपछि उपचारका लागि गएका हजारौँ बिरामी अलपत्र परेका छन्।

सरकारी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित हुँदा आर्थिक रुपमा सक्षम बिरामीहरु भने निजीतिर गएका छन्।

निजीमा जान नसक्नेहरु स्वास्थ्यकर्मीको आन्दोलन सकिने समय कुरेर सरकारी अस्पताल परिसरमै बसिरहेका छन्। 

खासगरी वीर अस्पताल, प्रसूति अस्पतालसहितमा सयौँ बिरामीहरु डाक्टरले उपचार र स्वास्थ्य जाँच थाल्ने समय कुरिरहेका छन्।

यी अस्पतालहरुमा स्वास्थ्यकर्मीहरु ब्यानर र पम्प्लेटसहित आन्दोलन गरिरहेका छन्। आकष्मिकबाहेकका सबै सेवा ठप्प हुँदा राजधानीबाहिरबाट आएका बिरामीहरुलाई समस्या भएको छ।

उता सरकारी अस्पताल तथा क्लिनिकमा आकस्मिकबाहेक सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरिएपछि स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयले आइतबार विज्ञप्ति निकालेर वार्तामा बस्न तयार रहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .