ad ad

फोटोफिचर


शीतल निवासमा संविधान दिवस (तस्बिरहरू)


विशाल कार्की
असोज ३, २०८० बुधबार १९:३६, काठमाडौँ

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान दिवस बुधबार देशभर मनाइएको छ। 

संविधान दिवसका अवसरमा बुधबार बिहान टुँडिखेलमा नेपाली सेनासहितले विशेष कार्यक्रम गरे।

देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, दल, नागरिक समाज र सङ्घसंस्थाले पनि  विभिन्न कार्यक्रमसहित यो दिवस मनाएका छन्।

बिहान टुँडिखेलमा आयोजना हुने संविधान दिवससम्बन्धी कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल पनि सहभागी भए। 

बुधबार साँझ राष्ट्रपतिको कार्यालय शीतल निवासमा संविधान दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ।

उक्त कार्यक्रमलाई राष्ट्रपति पौडेलले सम्बोधन पनि गरेका छन्। त्यस कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु, वर्तमान मन्त्रीहरु, कूटनीतिक निकायका प्रमुख र प्रतिनिधि तथा सरकारका उच्च तहका अधिकारीहरू सहभागी भए।

प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए। संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ।

सङ्घीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालगायतका नयाँ व्यवस्था राखिएको यो संविधान जारी हुँदा संविधानसभाको प्रक्रियामा सहभागी दलका पाँच सय ३७ जना सभासदले हस्ताक्षर गरेका थिए। ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .