फोटोफिचर


ओमानविरुद्ध नेपालको ब्याटिङ, हेर्नुस् तस्बिरहरू


सरोज नेपाल
कात्तिक १९, २०८० आइतबार १३:२, काठमाडौँ

आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल भिडन्तमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै गतिलो योगफल खडा गरेको छ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गर्दै नेपालले १८४ रनको शानदार योगफल बनाउन सफल भएको हो।

नेपालको स्कोर डेढ सयभन्दा माथि लैजाने क्रममा गुलशन झा र कप्तान रोहित पौडेलले अर्धशतकीय पारी खेले।

नेपाली खेलाडीले चौका र छक्का हान्दा त्रिवि क्रिकेट मैदानमा जम्मा भएका सयौँ समर्थकले हुटिङ गरे।

समर्थकहरूको राम्रो साथ पाएको नेपाली टोलीले बलियो मानिने ओमानविरुद्ध गतिलो योगफल बनाउन सफल भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .