उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावित परिवारलाई दुई दिनभित्र आवश्यक राहत सामाग्री पुर्याउन प्रभावित क्षेत्रका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन्।
रूकुम पश्चिमका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिँदै खड्काले खोज तथा उद्दार सम्पन्न भइसकेकाले संघ, प्रदेश सरकार राहत र पुनर्स्थापनामा लागेको बताए।
उनले आइतबार र सोमबारसम्म राहतका सबै सामाग्रीहरू जिल्लामा पुर्याइसक्ने बताए।
शनिबार दिनभर नेपाली सेनाका पाँच हेलिकप्टरसहित स्काई ट्रकले बिरामी र घाइतेको उद्धार गरेका थिए।
आइतबारदेखि राहत सामाग्रीहरू सेनाका हेलिकप्टरले ढुवानी गरिररहेको छ। उपप्रधानमन्त्री तथा रक्षामन्त्री भूकम्प प्रभावित जिल्लामा छन्।
12
Shares
प्रतिक्रिया