ad ad

फोटोफिचर


राप्रपाको आन्दोलन छेक्न यसरी तैनाथ छ प्रहरी (तस्बिरहरू)


सरोज बैजु
चैत २७, २०८० मंगलबार १६:२९, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीले गरेको प्रदर्शनका कारण काठमाडौंको भद्रकाली, माइतीघर, सिंहदरबार र त्रिपुरेश्वर क्षेत्र अस्तव्यस्त बनेको छ।

भद्रकालीबाट निषेधित क्षेत्र तोकिएको सिंहदरबारतर्फ प्रदर्शनकारी अघि बढ्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको छ।

निषेधित क्षेत्रतिर जान नदिन भन्दै प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास र पानीको फोहोरासमेत हानेको छ।

राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप हुँदा नेपाली सेनाको जंगीअड्डा अगाडिको पेट्रोल पम्पक्षेत्रसमेत तनावग्रस्त भएको छ।

प्रहरीले अहिले भद्रकाली क्षेत्रमा पानीको फोहोरा हान्न गाडी तयारी अवस्थामा राखेको छ। त्यसैगरी नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि तैनाथी अवस्थामा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .