ad ad

फोटोफिचर


यूएईविरुद्ध नेपालको ब्याटिङ, हेर्नुस् ११ तस्बिर


सरोज नेपाल
फागुन २८, २०७९ आइतबार १३:३६, काठमाडौँ

आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजअन्तर्गत घरेलु मैदानमा जारी खेलमा नेपालले यूएईसामु २ सय ४९ रनको लक्ष्य दिएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल ४९.२ ओभरमा २ सय ४८ रन बनाउँदा अलआउट भयो। 

पावर प्लेमा खराब सुरुवात गरेको नेपालले ७.१ ओभरमा ३ विकेट गुमाएर २२ रनको अवस्थामा थियो। 

नेपालले दुवै ओपनर र तेस्रो क्रममा खेलाडीलाई पनि दोहोरो अंक नजोड्दै गुमाएपछि दबाबमा परेको थियो।

चौथो विकेटका लागि कप्तान रोहित पौडेल र भीम सार्कीले ५४ रनको साझेदारी गर्दै नेपालको इनिङस् सम्हाले।

३७ बलमा चार चौका हान्दै भीम २९ रनमा क्याच आउट हुन पुगे। उता रोहितले ७७ रनको कप्तानी पारी खेलेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .