राजनीति


बाग्लुङ २ (ख) बाट राजमोका उम्मेद्वार सिफारिस

बाग्लुङ २ (ख) बाट राजमोका उम्मेद्वार सिफारिस

नेपालखबर
कात्तिक ३, २०७६ आइतबार १६:०,

राष्ट्रिय जनमोर्चा बाग्लुङले प्रदेश सभा क्षेत्र नं २ (ख) मा आगामी मंसिर १४ गते हुने उप निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ।

जिल्ला अध्यक्ष अमर थापाको अध्यक्षतामा आइतबार बसेको बैठकले सुनमाया घर्तीमगर, धर्म बहादुर कुँवर र खिम विक्रम शाहीको नाम पार्टी केन्द्रीय संसदीय बोर्डमा सिफारिस गरेको हो।

उम्मेद्वार छनौटका लागि जिल्ला समितिले तीन जनाको नाम केन्द्रमा सिफारिस गर्नुपर्ने प्रावधान छ। जिल्लाबाट छनोट भएर आएका नाममध्ये पार्टी संसदीय बोर्डले एक जनालाई उम्मेदवार घोषणा गर्नेछ।

सो निर्वाचन क्षेत्रमा यसअघि राष्ट्रिय जनमोर्चाका नेता टेक बहादुर घर्तीमगर निर्वाचित भएका थिए। सांसद मगरको केही समय अघि बिरामी भइ निधन भएको थियो।

बाग्लुङ राजमोको बलियो पकड भएको जिल्ला मानिन्छ। यसअघिको निर्वाचनमा संघीय संसदका २ सिटमा नेकपालाई सघाएको राजमोलाई प्रदेश सभामा नेकपाले पनि २ सिटमा सघाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .