देशको सुरक्षार्थ पुनः दुईजना गोर्खा जवान सहिद भएका छन्। आइतवार बिहानै जम्मु-कस्मिरको कुपवड़ाको तङ्गधार सेक्टरमा भारतीय सेनाको चौकी र ग्रामीण क्षेत्रलाई लक्षित गरी पाकिस्तानी सेनाले गरेको गोलीबारीमा दुई गोर्खा जवान सहिद भएको बताइएको छ।
सहिद हुने गोर्खा सैनिक क्रमैले हवल्दार पदमबहादुर श्रेष्ठ र राइफलम्यान गमिल कुमार श्रेष्ठ हुन्। यद्यपि उनीहरू कहाँका निवासी हुन्, त्यसको भने पुष्टि भएको छैन।
पछिल्ला दुई महिनायता पाकिस्तानी गोलीबारीमा ५ गोर्खा सैनिक सहिद भइसकेका छन्।
केही दिनअघि मात्र पाकिस्तानी सेनाले रजौरी जिल्लाको नौशेरा सेक्टरमा गरेको गोलीबारीमा बाघडुग्रामा निवासी नाइक सुवास थापा सहिद भएका थिए। भारतीय सेना सूत्रका अनुसार आज सखारै युद्धविराम गरी पाक सेनाले तङ्गधार सेक्टरमा गरेको गोलीबारीमा थप ३ सैनिक घाइते भएका छन्।
एक नागरिक पनि मारिएका छन्। पाक सेनाको गोलीबारीपछि प्रतिआक्रमणमा ओर्लेको भारतीय सेनाले कठोर कारबाही गरी आतङ्कवादीका धेरै क्याम्पहरू नष्ट गरेको बताइएको छ। भारतीय सेनाको कारबाहीमा करिब एक दर्जन पाकिस्तानी सेना र आतङ्की मारिएको पनि भारतीय सेनाले बताएको छ।
प्रतिक्रिया