राजनीति


कांग्रेस महाधिवेशन प्रतिनिधि चुनाव : कास्की २ मा खुलातर्फ दुई मन्त्रीसहित व्यवसायी किरण केसी विजयी

कांग्रेस महाधिवेशन प्रतिनिधि चुनाव : कास्की २ मा खुलातर्फ दुई मन्त्रीसहित व्यवसायी किरण केसी विजयी

वाशुदेव मिश्र
मंसिर ७, २०७८ मंगलबार ९:३५, काठमाडौँ

कास्कीमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पुरानै प्रतिनिधि अनुहारको वर्चस्व देखिएको छ भने केही नयाँ प्रतिनिधि पनि थपिएका छ्न्।​

​कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट गण्डकी प्रदेशका मन्त्रीहरू कुमार खड्का र विन्दुकुमार थापा लोकप्रिय मतसहित विजयी भएका छन्। 

यस्तै पूर्वसांसद एवं उद्योगपति स्वर्गीय सूर्यबहादुर केसीका छोरा किरण केसी पनि खसआर्य खुलाबाट महाधिवेशन प्रतिनिधि बनेका छन्। 

पिताको निधनपछि केसी परिवारका तर्फबाट उनी सक्रिय राजनीतिमा होमिएका हुन्। किरण रारा चाउचाउ उत्पादक कम्पनी हिमश्री फुड्सदेखि हाइड्रो निर्माण व्यवसायमा आबद्ध छ्न्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .