राजनीति


राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा यसरी भइरहेको छ मतदान

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा यसरी भइरहेको छ मतदान

सुदीप भण्डारी
माघ १२, २०७८ बुधबार १०:४७, बुटवल

राष्ट्रिय सभाका ३ सदस्य पदका लागि लुम्बिनी प्रदेशमा  मतदान सुरु भएको छ। दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा केही बेरअघि मतदान सुरु भएको हो। मुख्यमन्त्री कुलप्रसाद केसीले मतदान गरेर निर्वाचन सुरु गरिएको हो। 

पूर्वमुख्यमन्त्री शंकर पोखरेलले पनि मतदान गरिसकेका छन्।

प्रदेश सभा सदस्य र पालिका प्रमुख उपप्रमुखका लागि अलग-अलग मतदान केन्द्र छन्। मतदान स्थलमा हेल्थ डेस्क पनि छ। मास्क अनिवार्य गरिएको प्रदेश निर्वाचन कार्यालय प्रमुख निमराज भटराइले जानकारी दिए। 

लुम्बिनीबाट राष्ट्रिय सभा सदस्य भएका कोमल वली, दृगनारायण पाण्डे र रामलखन चमारको कार्यकाल सकिन लागेकाले निर्वाचन भएको हो। 

उनीहरूका ठाउँमा सत्ता गठबन्धन ५ दल र एमालेबीच प्रतिस्पर्धा हुँदै छ। गठबन्धनमा नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तर्फबाट रुपन्देहीका तुलबहादुर विश्वकर्मा उम्मेदवार छन्।  

एमालेका दाङका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनार उमेद्वार मैदानमा छन्। लुम्बिनीका प्रदेश सभा सदस्य र पालिका प्रमुख, उपप्रमुख गरी  सय ९६ जना मतदाता छन्। जसअनुसार ८१ प्रदेशसभा सदस्य र १ सय ९ स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय १५ जना छन्। 

प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १८ हुनेछन्। लुम्बिनीमा ५ दलीय गठबन्धनका उमेदवार विजयी हुने निश्चितजस्तै छ। गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .