राजनीति


लुम्बिनी मन्त्रिपरिषदको निर्णय : योजना आयोग र दुई प्रतिष्ठानका दरबन्दीको म्याद थप

लुम्बिनी मन्त्रिपरिषदको निर्णय : योजना आयोग र दुई प्रतिष्ठानका दरबन्दीको म्याद थप

सुदीप भण्डारी
माघ २५, २०७८ मंगलबार १६:२०, काठमाडौँ

लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोग र दुई प्रतिष्ठानहरुको अस्थायी दरबन्दीको अवधि थप गरेको छ।

सोमबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेश योजना आयोग र प्रदेश प्रशिक्षण प्रतिष्ठानको अस्थायी संगठन संरचना र दरबन्दीहरुको २०७९ साल असारसम्मको लागि स्वीकृत प्रदान गर्ने निर्णय गरेको हो।  

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय अन्तर्गत सूचना प्रविधि प्रतिष्ठानको पनि अस्थायी दरबन्दीहरुको आगामी असारसम्मको लागि स्वीकृत गरेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा बताइएको छ।

बैठकले सूचना प्रविधि प्रतिष्ठानमा कमलबहादुर श्रीस थापालाई विज्ञ सदस्य नियुक्त गर्ने निर्णय गरेको छ। यस्तै, पाल्पा दरबार संग्रहालय विकास समिति (गठन) आदेश, २०७८ स्वीकृति गरेको छ।  

प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७८ को अनुसूची हेरफेर स्वीकृती गर्ने, स्मार्ट कृषि गाँउ कार्यक्रम सञ्चालन (पहिलो संशोधन) कार्यविधि, २०७८ स्वीकृत गर्ने निर्णय पनि भएको मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विश्वकर्माले जानकारी दिए।

मन्त्रिपरिषदले प्रदेश खेलकुद विकास ऐन, २०७८ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न प्रदेश प्रमुख समक्ष सिफारिस सिफारिस समेत गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .