नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशमा देखिएको अर्थतन्त्रको असहज परिस्थितिलाई रोक्न नसक्ने हो भने नेपाल पनि श्रीलंकाको अवस्थामा पुग्ने दाबी गरेका छन्।
उनले देशको बारेमा सबै चिन्तित हुनपर्ने बताए। सोमबार राजधानीमा आयोजित सम्पादकहरुसँगको अन्तरक्रियामा बोल्दै ओलीले यस्तो बताएका हुन्।
‘बजेटमा यत्रो बदमासी अर्थमन्त्रीले मात्र गर्न सक्दैन्। अर्थमन्त्री एउटैको मात्र त्यो चल्दैन,’ ओलीले भने, ‘अर्थमन्त्रीको पृष्ठपोषणमा या हतियार खरिद प्रकरणमा गरिने सन्दर्भमा त्यसले यो विषय त्यति सहज छैन भन्ने देखाउँछ।’
यसको प्रभाव कम्तिमा श्रीलंकासम्म पुग्ने ओलीको दाबी छ।
‘त्यसको प्रभाव कम्तिमा श्रीलंकासम्म पुग्ने लक्षण देखिन्छ। यही ढंगमा जाने र यो अधोगतिमा ब्रेक लगाइन भने श्रीलंका पुग्छ। यदी ब्रेक लगाइएन भने त्यो भन्दा उँधो खस्छ’ ओलीले भने।
Shares
प्रतिक्रिया