राजनीति


फुट्यो जसपा, पार्टी पुनर्गठन गर्ने बाबुराम भट्टराई पक्षको निर्णय

फुट्यो जसपा, पार्टी पुनर्गठन गर्ने बाबुराम भट्टराई पक्षको निर्णय

सागर न्यौपाने
असार २९, २०७९ बुधबार २३:८, काठमाडौँ

सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) को डा. बाबुराम भट्टराई पक्षीय केन्द्रीय समितिको विस्तारित बैठकले पार्टी पुनर्गठन गर्ने निर्णय गरेको छ।

मंगलबार र बुधबार २८-२९ असारमा काठमाडौमा बसेको केन्द्रिय समिति बैठकले जसपा रुपान्तरण गर्न नसक्ने ठहर गर्दै संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पेश गरेको राजनीतिक प्रतिवेदनअनुसार पार्टी पुनर्गठन गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए।

पार्टी पुनर्गठन गर्ने सबै अधिकार कार्यकारिणि समितिलाई  दिएको छ।

कार्यकारिणी बैठक शनिबारसम्म बस्ने समझदारी पनि बनाएको छ। 'जसपा रुपान्तरण गर्ने सम्भावना छैन, पुनर्गठन गर्नैपर्ने डा. बाबुराम भट्टराईको प्रस्ताव अनुमोदन गर्‍यो, कार्यकारिणी सदस्यले नेपालखबरसँग भने, 'पार्टी पुनर्गठन गर्ने अधिकार कार्यकारिणी लाई दिएको छ। कार्यकारिणीको बैठक शनिबारभित्र बस्नेछ।'

कार्यकारिणीको बैठकले पार्टीको नाम, केन्द्रीय समिति, निर्वाचन आयोगमा पार्टी दर्ता लगायतका विषय टुंगो लगाउने ती नेताले बताए।

'अब जसपा पुनर्गठन हुन्छ, कार्यकारिणीले सबै काम गर्छ,' ती नेताले भने।

गत पुसदेखि पार्टीभित्र चर्किएको विवादले उग्र रुप लिएको ७ महिनापछि जसपा फुटेको छ।

केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले पर्साको वीरगञ्जमा बुधबादेखि केन्द्रीय समिति बैठक राखेका छन्।

बुधबारको बैठकमा उनले भट्टराई लगायत नेतामाथि अनुशासनको कारवाहीदेखि विधान संशोधन, केन्द्रीय र कार्यकारिणी समिति पुनर्गठन लगायत १० एजेन्डा पास गरेका छन्।

भट्टराई पक्षमा जम्मा १६० जना
जसपा स्रोतका अनुसार भट्टराई पक्षमा १६० जना केन्द्रीय सदस्य खुलेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .