ad ad

राजनीति


दोस्रो दिनको बयान दिन महाभियोग सिफारिस समितिको बैठकमा पुगे चोलेन्द्र

दोस्रो दिनको बयान दिन महाभियोग सिफारिस समितिको बैठकमा पुगे चोलेन्द्र

तस्बिर : उजिर कार्की/नेपालखबर


नेपालखबर
भदौ १६, २०७९ बिहिबार ११:४६, काठमाडौँ

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा दोस्रो दिनको बयान दिन महाभियोग सिफारिस समितिको बैठकमा उपस्थित भएका छन्। 

सिंहदरबारमा बयान दिनका लागि चोलेन्द्र पुगेसँगै महाभियोग सिफारिस समितिको बैठक सुरु भएको छ।

जबरालाई महाअभियोगसम्बन्धी ४३ प्रश्नमध्ये बिहीबार चारवटा प्रश्न सोधिएको थियो। जबराले संसदीय समितिमा ४ घन्टामा ४ वटा प्रश्नको मात्र जवाफ दिएर फर्किएका थिए। 

बयानका क्रममा उनले २०७८ असार २८ गतेकै शेरबहादुर देउवा नेतृत्वमा सरकार बनाउने गरी जारी गरिएको परमादेशकै कारण महाअभियोग लगाइएको भए त्यसमा आफ्नो कमजोरी देखाउन पनि चुनौती दिएका छन्।

महाभियोग प्रस्ताव दर्ता भएपछि ६ महिनादेखि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले बयान लिन सुरु गरेको हो। 

-चोलेन्द्रले चार घण्टामा चारवटा प्रश्नको जवाफ दिए

-दिनभर भोकै बयान दिएका चोलेन्द्र सहकर्मी न्यायाधीशलाई मुछेर फर्किए

-चोलेन्द्रलाई सोधिने यी हुन् ४३ प्रश्न

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .