राजनीति


चुनावी सभा गर्न ४ दिनलाई डडेल्धुरा जाँदै प्रधानमन्त्री देउवा

चुनावी सभा गर्न ४ दिनलाई डडेल्धुरा जाँदै प्रधानमन्त्री देउवा

फाइल तस्बिर


नेपालखबर
कात्तिक १६, २०७९ बुधबार १३:११, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवा आज (१६ कात्तिक) गृहजिल्ला डडेल्धुरा जाँदैछन्। उनी दिउँसो २ बजे हवाइमार्ग हुँदै धनगढी जाने कार्यक्रम तय भएको उनको सचिवालयले जानकारी दिएको छ। 

देउवा गुहजिल्ला डडेल्धुरामा चार दिन लामो चुनावी कार्यक्रममा सहभागी हुने त्यसतर्फ जान लागेका हुन्। नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले जिल्लाका विभिन्न स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्ने उनका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए। 

परियारका अनुसार आज धनगढी पुग्ने र भोलिबाट निरन्तर डडेल्धुरामा हुने कार्यक्रममा प्रधानमन्त्री सरिक हुनेछन्। 

आयोग भन्छ : प्रधानमन्त्रीलाई रोकेका छैनौं
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाका अनुसार प्रधानमन्त्रीको यात्रा रोकिएको छैन्। ‘प्रधानमन्त्रीले चुनावी कार्यक्रममा जान आयोगसँग अनुमति लिने कुरै भएन,’ उनले नेपालखबरसँग भने, ‘हामीले पहिले नै सबै सरकारी अधिकारीका लागि प्रचारमा जाँदाको आचारसंहिता जारी गरिसकेका छौं। त्यही अनुसार चुनाव प्रचारमा जान कसैलाई रोकतोक गरिएको छैन्।’

यसअघि प्रधानमन्त्री देउवा गठबन्धनका नेताहरुसहित सेनाको हेलिकोप्टरमा सातै प्रदेश पुगेपछि आयोगमा उजुरी परेको थियो। त्यसबेला सेनाको हेलिकोप्टर र जहाजको खर्चबारे आयोगले प्रधानमन्त्री कार्यालयलाई सोधेको थियो। 

साथै, आयोगले निर्वाचनका कार्यक्रममा सहभागी हुनका लागि सरकारी सवारी साधन प्रयोग नगर्न प्रधानमन्त्री, मन्त्री र प्रदेश सरकारका मन्त्रीहरुलाई समेत निर्देशन दिइसकेको छ। 

के छ डडेल्धुरामा देउवाको कार्यक्रम?
देउवाले कात्तिक १७ देखि २० गतेसम्म जिल्लाका विभिन्न स्थामा हुने चुनावी सभालाई सम्बोधन गर्नेछन्।

नेपाली कांग्रेस डडेल्धुराका उपसभापति डिल्लीराज जोशीका अनुसार देउवा चार दिने कार्यक्रम भ्याएर २१ गते काठमाडौं फर्किने कार्यक्रम छन्।

सार्वजनिक तालिका अनुसार १७ गते अमरगढी बसपार्कमा आयोजित सभालाई देउवाले सम्बोधन गर्नेछन्। यस्तै, १८ गते नवदुर्गा र गन्यापधुरा, १९ गते अजयमेरु र भागेश्वर तथा २० गते आलिताल र परशुराममा देउवाले सम्बोधन गर्ने कार्यक्रम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .