राजनीति


कांग्रेस उम्मेदवारको निधन : मोरङ ३ ‘१’ को निर्वाचन मंसिर ४ मै हुने

कांग्रेस उम्मेदवारको निधन : मोरङ ३ ‘१’ को निर्वाचन मंसिर ४ मै हुने

फाइल तस्बिर


नेपालखबर
कात्तिक २३, २०७९ बुधबार १२:३०, काठमाडौँ

नेपाली कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाको निधन भए पनि मोरङ क्षेत्र नम्बर ३ '१'  को निर्वाचन मंसिर ४ गते नै हुने भएको छ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले उम्मेदवार थापाको निधन भएपछि खाली भएको स्थानमा कांग्रेसबाट अर्का उम्मेदवारको मनोनयन गराएर मंसिर ४ मै चुनाव गराउने बताए।

थापाको विराटनगस्थित नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। 'मोरङ ३ '१' को चुनाव मंसिर ४ मै हुन्छ', पौडेलले नेपालखबरसँग भने, 'आजैदेखि सम्बन्धित दलको मनोनयन अघि बढाएर अन्य क्षेत्रसँगै त्यहाँ पनि चुनाव गर्छौँ।' 

थापालाई गत असोज २४ गते डेंगु संक्रमण पुष्टि भएको थियो। नेपाली कांग्रेसका नेतासमेत रहेका थापालाई डेंगुसँगै मंगलबार निमोनिया संक्रमण भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .