राजनीति


आज माओवादीको पदाधिकारी बैठकलगत्तै प्रचण्डलाई समर्थन गर्ने दलहरूको बैठक

आज माओवादीको पदाधिकारी बैठकलगत्तै प्रचण्डलाई समर्थन गर्ने दलहरूको बैठक

फाइल तस्बिर


नेपालखबर
पुस ११, २०७९ सोमबार ८:३८, काठमाडौँ

सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रले आज पदाधिकारी बैठक राख्दै छ।  

बैठक केही बेरपछि पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ। 

सात दल र ३ स्वतन्त्र गरी १६९ सांसदको समर्थनमा हिजो मात्र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेका छन्। 

प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार पदाधिकारी बैठकमा सरकारमा पार्टीबाट ककसलाई पठाउने भन्ने विषयमा छलफल हुनेछ। 

यसैबीच माओवादीको पदाधिकारी बैठक सकिनासाथ नयाँ बानेश्वरमा रहेको संसद् भवनमा प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्ने दलहरूको बैठक बस्नेछ। 

बैठकमा मन्त्रिमण्डल गठन तथा कुन दललाई कुन मन्त्रालयकाे जिम्मेवारी दिने भन्ने विषयमा छलफल हुने बताइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .