राजनीति


सभामुखको पहिलो निर्णय : सांसदहरूलाई तालिम दिने

सभामुखको पहिलो निर्णय : सांसदहरूलाई तालिम दिने

तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
माघ ६, २०७९ शुक्रबार १३:७, काठमाडौँ

सभामुख देवराज घिमिरेले पदभार ग्रहण गरेका छन्। बिहीबार सभामुख निर्वाचित भएका घिमिरेले नवनिर्वाचित सांसदहरुका लागि ‘संसदीय अभ्यास र प्रक्रिया’ सबन्धी अन्तक्रिया दिने पहिलो निर्णय गरेका छन्। 

सिंहदरबारस्थित संघीय संसद सचिवालयमा घिमिरेले पदभार ग्रहण गर्दै उनले सो निर्णय गरेका हुन्। 

शपथग्रहण कार्यक्रमपछि सभामुख घिमिरे लैनचौरस्थित सहिदको शालिकमा माल्यार्पण गरेका थिए। शालिकमा माल्यार्पण गरेर सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर पदबहाली गरेका हुन्।

हिजो (५ माघ) बिहीबार भएको निर्वाचनमा घिमिरेको पक्षमा १६७ सांसदको मत पाएर घिमिरे विजयी भएका हुन्।

विपक्षमा कांग्रेस गठबन्धनबाट ईश्वरी न्यौपानेले १०० मत ल्याइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .